दार्चुलाका थप ४ वटा सीमा नाका खोल्न प्रस्ताव

दार्चुला: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले दार्चुलाका थप २ वटा सीमा नाका खोल्न मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेश गरेका छन्।
शुक्रबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री ठगुन्नाले जिल्लाका ४ वटा सीमा नाका खोल्ने विषयमा प्रस्ताव पेश गरेको मन्त्री ठगुन्नाका स्वकिय सचिव दौलत सिंह ठगुन्नाले बताए।
नेपाल सरकारले दार्चुलासहित ३० वटा अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने निर्णय गरेसँगै दार्चुलाको खलंगा सीमा नाका मात्रै खुलेको थियो।

जिल्लाभरी भारतसंग सिमा जोडिएका आधा दर्जन नाका रहेपनि अन्य नाका बन्द अवस्थामा रहेकाले मन्त्री ठगुन्नाले मन्त्रिपरिषद्को बैठकमा जिल्लाका थप ४ वटन नाका खोल्ने विषयमा प्रस्ताव पेश गरेका हुन्। जिल्लाको लाली, जौलजिवी, दत्तु र तिगरम पुल खोल्न मन्त्री ठगुन्नाले प्रस्ताव पेश गरेका हुन्।
सीमा जोडिएका अन्य नाकाहरु नखुल्दा दार्चुलाबासी निराश छन्। घरायसी सामान तथा औषधि खरिद वा आफन्त भेट्न भारत जानुपरेमा घुमेर दार्चुला पुलघाट पुग्दा झनै खर्च बढ्ने र समस्या हुने गरेको महाकाली नगरपालिकावासीले बताएका छन्।