सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैक्षिक गुणस्तर सुधारका लागि डडेल्धुराको महेन्द्र माविद्वारा सिकाई आदानप्रदान कार्यक्रम

२०७७ फाल्गुन १५, १२:५२ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालय खलंगाले संस्थागत विद्यालयका प्रधानाध्यापकसँग एक दिने अन्तरक्रिया गरेको छ।

जिल्लाको अमरगढी नगरपालिका–५ मा रहेको विद्यालयले शुक्रबार ‘शैक्षिक गुणस्तर सुधारका लागि सिकाई आदान–प्रदान’ गर्न नगरपालिकास्थित संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको अन्तरक्रिया गरेको हो। 

सामुदायिक विद्यालयको शैक्षिक सधारमा टेवा पुगोस् भन्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा संस्थागत विद्यालयका प्रअहरुले आ–आफ्नो विद्यालयमा शिक्षण सुधारका लागि भएका अभ्यासहरुको बारेमा अनुभव आदान–प्रदान गरेका थिए।

कार्यक्रमहरुको आयोजनाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पनि सकारात्मक परिवर्तन ल्यान सकिने विद्यालय नासु धर्मराज पन्तले बताए।

महेन्द्र माविले समय–समयमा यस्ता प्रकारका शैक्षिक सुधारसम्बन्धी क्रियाकलाप, सेमिनार, गोष्ठी आयोजना गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले बताए।

विद्यालय व्यवस्थापन समितका अध्यक्ष खेमराज पाठककोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख रामदत्त भट्ट प्रमुख अतिथी रहेका थिए।

यस्तै अमरगढी शिक्षा शाखा प्रमुख हेमन्तराज पन्त विशिष्ट अतिथी रहेका थिए।
 

कमेन्ट लोड गर्नुस