सुदूर नेपाललाई विश्वसँग जोड्दै

लामो समयसम्म कम्युटरमा बस्दा 'कार्पल टनल सिन्ड्रोम' को खतरा

२०७७ फाल्गुन १५, १२:२८ खबर संवाददाता

धनगढी: लामो समयसम्म कम्युटरमा बसेर काम गर्दा सामान्यताः हात, कम्मरमा समस्या आउँछ। निरन्तर कम्युटरमा काम गर्दा धेरै कम्युटर स्क्रिनमा हेर्ने गर्दा आँखा, हड्डी र शरीरका मांशपेशीमा पनि समस्या पुग्छ।

यो समस्यालाई कार्पल टनल सिन्ड्रोम (सिटिएस) भनिन्छ। यो सिन्ड्रोम लगातार ८-९ घण्टासम्म कम्प्युटरमा काम गर्दा देखिन्छ। यस्तो समस्या पुरुष कामदारमा भन्दा महिला कामदारमा बढी देखिएको छ।

यो बिमारीबाट सबैभन्दा धेरै असर १८ वर्षदेखि ३५ वर्षभित्रका व्यक्तिहरूलाई हुन्छ। युवालाई यो समस्या यस कारण धेरै हुन्छ कि उनीहरू दिनभर कम्प्युटर वा ल्यापटपमा काम गरिरहेका हुन्छन्।

यो सिन्ड्रोमबाट पीडित व्यक्तिहरूको संख्या दिनप्रति दिन बढिरहेको छ। यस्तो सिन्ड्रोम देखिएका व्यक्तिहरूलाई के काम गर्नुहुन्छ भनेर सोध्यो भने उनीहरू दिनभर कम्प्युटरमा काम गर्ने गरेको बताउँछन्।

कार्पल टनल हड्डी र नाडीमा हुने समस्या हो । यो औंलाहरु, माझी औंला र चौँथो औंलासँग जोडिएको हुन्छ। यसमा औंलाहरु सुन्निने, कमजोरी हुने, झन्झनाउने गर्छ। यसले गर्दा हातले काम गर्न निकै गाह्रो हुन्छ। -एजेन्सी

कमेन्ट लोड गर्नुस