सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कैलारीले भूमिहीनको फारम भर्दा मनोमानी ढंगले जग्गाको कर असुल्दै

२०७७ फाल्गुन १५, ११:४९ कमल सावद

धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ का देवबहादुर देउवाकोे एक बिगाह प्रति ऐलानी जग्गा छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले तथ्यांक संकलन थालेपछि गाउँपालिकाले उनीबाट ११ हजार लिएको छ।

१० वर्ष पहिलेसम्मको भूमि कर भन्दै गाउँपालिकाले रकम लिएको उनले बताए। ‘एक बिगाह प्रति जमिन  छ। गाउँपालिकाले कर लिने भन्दै वडाले रकम उठाएको छ’ उनले भने, ‘म लगायत अन्यले पनि कर तिरेका छौ। तर प्रति जमिनको कर लिन पाउने/नपाउने बारेमा हामीलाई कुनै जानकारी छैन्।’

भूमि सम्बन्धी समस्या समाधान आयोगले जमिन दर्ता गर्ने भन्दै नागरिकहरु तथ्यांक संकलन हुँदै आएकोमा १० वर्ष पहिलेसम्मको कर  लिइएको  छ।  प्रति जमिन दर्ता गर्न नागरिकलाई प्रमाण चाहिने भन्दै गाउँपालिकाले १० वर्ष पहिलेदेखिको  कर लिन थालेको बताइएको छ। 

गाउँसभाबाट गरिएको निर्णयका आधारमा कर लिएपनि नागरिकका लागि बाध्यकारी नभएको गााउँपालिकाले प्रतिक्रिया दिएको छ। गाउँँपालिकाका सचिव यकम कलेलले आयोगको लागि नभएर गाउँ सभाको निर्णयका आधारमा कर लिएको बताए। 

उनका अनुसार जमिन भोग चलन गरेको प्रमाणका लागि भन्दै रकम लिने गरिएको हो। ‘हामीले कर दिनै पर्छ भनेका छैनौ। उहाँहरुले नदिनपनि सक्नुहुन्छ’  उनले भने, ‘हामीले आयोगका लागि प्रमाण पुर्याउन रकम लिएका हौ।’ 
गाउँपालिकाले सबै वडामा तथ्यांक संकलन समेत सुरु गरेको छैन्। तर खेत, सडक, कच्चि सडक, पक्की सडक लगायतको बर्गिकरण गर्दै कर संकलन हुँँदै आएको छ। 

सुकुम्बासीले भूमि सम्बन्धी समस्या समाधान आयोगको फर्म भर्दा एक रुपैेँया पनि कर नलिन भनिएको छ। आयोगका कैलाली अध्यक्षा दीपक देपकोटाले आयोगल रकम नलिन भनेको बताए। ‘प्रति जमिनको कर लिन पाइदैनन्। उहाँँहरुले किन लिनु भएको थाहा छैन’ उनले भने।  
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस