सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीकी भागरथी भट्टकी आमालाई सुदूरपश्चिम समाज दक्षिण कोरियाद्वारा सहयोग

२०७७ फाल्गुन १४, ०४:३८ खबर संवाददाता

धनगढी: बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टकी आमालाई सुदूरपश्चिम समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ।

समाजले कोरियामा संकलन भएको २ लाख ८३ हजार भागथीकी आमा द्रोपतीलाई हस्तान्तरण गरेको हो।

शुक्रबार समाजका पूर्व अध्यक्ष धर्मराज जोशी र नरबहादुर साकी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्ट, वर्तमान कोषाध्यक्ष डिल्लीराज पनेरुले घरमै गएर रकम हस्तान्तरण गरेका छन्। 

भागरथीको हत्यापश्चात सुदूरपश्चिम समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष  लालबहादुर साउदको संयोजकत्वमा कोरियामा सहयोग अभियान सञ्चालन भएको थियो।


 

कमेन्ट लोड गर्नुस