सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप आउँदै

२०७७ फाल्गुन १३, ०३:११ खबर संवाददाता

काठमाडौं: कोरोना भाइरसविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा स्विकार गरिएको छ।

एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कारोना विरुद्धको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै स्वीकृति प्रदान गर्ने बताइएको छ। 

गएको जनवरीमा मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको जोन्सन एण्ड जोन्सनको यो खोप सुरक्षित र प्रभावकारी रहेको अमेरिकी नियामक निकायले जनाएको छ।

फाइजर र मोडर्नाको खोप दुई डोज लगाउनु पर्छ भने अहिले स्वीकृति पाउने जोन्सन एण्ड जोन्सनको खोप भने एक डोज मात्रै लगाए पुग्नेछ।

यो खोपलाई स्वीकृति प्रदान गर्ने विषयमा शुक्रबार एफडिएका विज्ञहरु बैठक बस्दैछन्।

कमेन्ट लोड गर्नुस