सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६८४ पुग्यो, एकैदिन कसरी थपिए ६१९ जना ?

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १२, ०६:३१ खबर संवाददाता

धनगढी : नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ६ सय ९४ पुगेको छ। बुधबार मृत्यु हुनेको संख्यामा एकै दिन ६१९ जना थप गरिएको छ। 

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। तीन हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ६० पुगेको छ।
 

कमेन्ट लोड गर्नुस