सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ फाल्गुन १२, ०६:२३ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

तीन हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ६० पुगेको छ।

यस्तै थप ७१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार एक सय ३९ पुगेको छ। अहिले नेपालमा १५ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन्।

यस्तै बुधबार मृत्यु हुनेको संख्यामा एकै दिन ६१९ जना थप गरिएको छ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस