सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब सुदूर पहाडका विद्यार्थीले डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र पाउने

२०७७ फाल्गुन १२, ०४:४८ खबर संवाददाता

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका विद्यार्थीले अब डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र पाउने भएका छन्।

प्रदेशका ७ पहाडी जिल्लाका विद्यार्थीहरुले प्रविणता तह सम्मको प्रमाणपत्र डडेल्धुरामा रहेको राष्ट्रिय परिक्षा बोर्डको कार्यालयबाट पाउने भएका हुन। 

राष्ट्रिय परिक्षा बोर्डको कार्यालय डडेल्धुराबाट ट्रान्सकिप्ट, माईग्रेसन र प्रोभिज्नल सर्टिफिकेट दिन सुरु गरिएको छ। यसअघि विद्यार्थीले धनगढीमा रहेको परिक्षा बोर्डको कार्यालयबाट शैक्षिक प्रमाणपत्र पाउने व्यवस्था थियो। 

डडेल्धुरामा २०७१ सालको फागुनमा राष्ट्रिय परिक्षा बोर्डको कार्यालय स्थापना भएको थियो। स्थापनाको ७ वर्षपछि विद्यार्थीलाई सर्टिफिकेट दिन सुुरु गरिएको कार्यालय प्रमुख नारायण प्रशाद जोशीले बताए। अब विद्यार्थी एवं विद्यालयहरुले कैलालीको धनगढीबाट सर्टिफिकेट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए। 

अहिले सुदूरपश्चिमका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डाटी गरि १६ हजार विद्यार्थीका प्रमाणपत्र वितरण गर्नुपर्ने भएको कार्यालय प्रमुख जोशीले बताए। 

कमेन्ट लोड गर्नुस