दार्चुलाको व्यासमा सुपथ मूल्यका घुम्ती पसल सञ्चालन गरिने
धनगढी: दार्चुलाको व्यास गाउँपालिकामा सुपथ मूल्यका घुम्ती पसल सञ्चालन गरिने भएको छ ।
स्थानीय तहसँगको समन्वयमा नेपाल सरकारले हालै जारी गरेको गाउँपालिकाको एकीकृत विकास कार्यक्रम अन्तर्गत त्यहाँका ६ वटै वडामा सुपथ मूल्यका घुम्ती पसल सञ्चालन गरिने भएको हो ।
सरकारले व्यासको एकीकृत विकासका लागि ५ करोड बजेट विनियोजन गरेको र गाउँपालिकाले ८ वटा ठाउँमा सञ्चालन गरिने सुपथ मूल्य पसलका लागि प्रति पसल ३ लाख ७५ हजार रुपैयाँका दरले बजेट विनियोजन गरेको बताइएको छ ।
यसका लागि गाउँपालिकाले कार्यविधि बनाएर मात्रै प्रक्रिया अगाडी बढाउने जनाइएको छ ।