सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७७ फाल्गुन १२, १२:४९ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ । तोलामा नै एक हजार १०० रुपैयाँले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार ३६० रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने एक हजार ३४५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

कमेन्ट लोड गर्नुस