सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भरुवा बन्दूकसहित एक जना पक्राउ

२०७७ फाल्गुन ११, ०२:०९ रासस

डोटी: डोटीको केआइसिंह गाउँपालिका–१ गणेशकाँडाबाट एक जना भरुवा बन्दूकसहित पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा ३७ वर्षीय डिलबहादुर भनिने दीपेन्द्र शाही छन् । शाहीले घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीचौकी वायलबाट प्रहरी सहायक निरीक्षक भाष्करदत्त पन्तको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

अभियुक्त शाहीलाई अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा प्रहरीले अवैध हातहतियार राख्नेहरुको सूचना सङ्कलन गर्ने तथा पक्राउ गर्ने कार्यलाई तीव्र रुपमा अगाडि बढाएको छ । 

विना इजाजत अवैध हातहतियार (बन्दुक ) राख्नेहरुलाई यहाँको स्थानीय प्रशासन कार्यालयले तत्काल बुझाउन पनि आग्रह गर्दै आएको छ ।

कमेन्ट लोड गर्नुस