सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १२५ कोरोना संक्रमित थपिए

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १०, ०५:५० खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ कोरोना भाइरस संक्रमित थपिएका छन्। सोमबार थपिएका १२५ जनासँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै देशभर संक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको छ। पछिल्लो २४ घण्टामा थप ९० कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस