सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला हिंसा अन्त्य हुनुपर्छ : नेता डा सङ्ग्रौला

२०७७ फाल्गुन १०, ०२:१८ रासस

बाजुरा : नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छिन्। 

नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ  आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताइन। 

उनले  सुदूरपश्चिमका नौ  र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान  सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाइन।   
 

कमेन्ट लोड गर्नुस