सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कांग्रेस कार्यकर्तामाथि सभामा आक्रमण गर्नेमाथि कारवाही गर्न माग

२०७७ फाल्गुन १०, ०७:१४ खबर संवाददाता

बैतडीः बैतडीमा गत फागुन ४ गते नेपाली कांग्रेसको विरोध सभामा कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरिएको छ।

 नेपाली कांग्रेस जिल्ला कार्य समितिले आइतबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई आक्रमणमा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै निवेदन बुझाएको छ।  

डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर नेकपा ओली समूहका कार्यकर्ताले ढुंगामुढा गरेको कांग्रेसले दाबी गरेको छ। 

सभामा कांग्रेसका नेता एनपी साउँद, नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो।

आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका थिए। 
 

कमेन्ट लोड गर्नुस