सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि ज्ञान केन्द्र बाजुराले बाढिपहिरो प्रभावित किसानलाई बिउविजन वितरण गर्ने

। फोटो स्रोत ।
२०७७ फाल्गुन ९, ०५:३३ खबर संवाददाता

धनगढी: कृषि ज्ञान केन्द्र बाजुराले बाढिपहिरो प्रभावित किसानलाई बिउविजन वितरण गर्ने भएको छ ।

९ ओटै स्थानीय तहमा रहेका बाढिपहिरो प्रभावित किसानहरुका लागि राहतस्वरुप बिउविजन वितरण गर्ने भएको हो ।

बाढिपहिरोले बालीमा क्षती पुर्‍याएका किसानहरुका लागि राहत प्याकेज ल्याईएको बताइएको छ ।

बाजुराका बिभिन्न स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्कका आधारमा किसानहरुलाई बिउविजन वितरण गरिने जनाइएको छ ।

प्रति किसान घिरौला १प्याकेट, फर्सि १ प्याकेट, काँक्रा १प्याकेट, पाली १ प्याकेट, घिउ सिमी १प्याकेट, लौका १प्याकेट, जुकेनी १ प्याकेट र भिण्डि १ प्याकेट प्रति किसानलाई उपलब्ध गराउने योजना रहेको ज्ञान केन्द्र बाजुराले जनाएको छ । 

कमेन्ट लोड गर्नुस