सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बलात्कारमा संलग्न भएको आरोपमा एक महिला पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ९, ०३:२६ खबर संवाददाता

धनगढी: बझाङ प्रहरीले महिलामाथि भएको बलात्कारमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। 

घटना भएको मिती २०७६ फागुन १९ देखि फरार रहेकी केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार सिराडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।  ती महिलाले बलात्कारमा सघाएको भन्ने अनुसन्धानबाट खुलेको प्रहरीले बताएकाे छ। 

पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार पक्राउ परेकी धामीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ। 

सोही मुद्दामा फरार रहेका अर्का आरोपित दिपकबहादुर गुर्धामीको भने खोजी कार्य भइरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस