सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा जल विद्युत केन्द्रमा तालाबन्दी, कार्यालय प्रमुखसहित प्रहरी भित्रै थुनिए

२०७७ फाल्गुन ९, ०२:५८ खबर संवाददाता

बाजुरा: बाजुराको त्रिवेणी साना जल विद्युत केन्द्रमा नेकपा ओली समूहले तालाबन्दी गरेको छन्।

मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववियूले आइतबार विद्युत कार्यालयमा तालाबन्दी गरेको हो। 

तालाबन्दीपछि जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना प्रहरी हवल्दार भित्रै थुनिएका छन्। 

गुण्डागर्दी शैलीमा आएर एकाएक ताला लगाउनु र कर्मचारीमाथि हातपात गर्नु निन्दनीय भएको विद्युत सञ्चालक समितिले जनाएको छ। 

ताला लगाउनुभन्दा पहिलेका विभिन्न चरणहरु पुरा नगर्दै एकाएक प्रतिशोधका आधारमा ताला लगाएको विद्युत सञ्चालन समितिले जनाएको छ।  

त्यस्तै कार्यालय प्रमुख दयाराम पडितले कानून विपरित मानव शरिर बन्धक गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा रोष व्यक्त गरेका छन्। 

२०० किलोवाटको क्षमता भएको जलविद्युतमा सोही अनुसार उत्पादन भइरहेको र माग बढी भएकाले राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि समितिले पहल गर्दै आएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस