सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७७ फाल्गुन ९, ०२:३३ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । छापावाला सुन तोलामा आज ८०० रुपैयाँले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोवार भएकामा आज ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ । 

चाँदी तोलामा एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा २५ ले वृद्धि भएको हो ।

कमेन्ट लोड गर्नुस