सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा साना किसान कृषि सहकारी संस्थाको भवन शिलान्यास

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ९, १२:५५ रासस

बझाङ: थलारा गाउँपालिका–५ मा कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ।

थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले  सहकारी संस्था लिमिटेडको दुईकोठे भवनको शनिबार शिलान्यास गर्दै गाउँपालिकाको आर्थिक समृद्धिका लागि विभिन्न काम भइरहेको जानकारी दिए। 

प्रदेशको सांसद कोषबाट आएको पाँच लाख बजेटको एक लाख ७५ हजारमा जग्गा लिइएको संस्थाका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए।  

भवन निर्माणका लागि आर्थिक सहयोगको अपेक्षा गरेको सहकारी संस्थाका प्रबन्धक निर्देशक गणेश पार्कीले बताए। विसं २०७२ देखि सञ्चालनमा आएको सो संस्थामा ४९२  शेयर सदस्य तथा संस्थाको शेयर पूँजी पाँच लाख ३६ हजार ५००  छ।  संस्थाको कूल पूँजी रु ४८ लाख ३७५ रहेको सह प्रबन्धक रेखा रोकायाले जानकारी दिए। 

साथै संस्थामा विभिन्न किसिमका बचत बाल बचत, ऐच्छिक, पेवा, वृद्ध, ग्रसु पेन्सन बचतलगायतका सेवा रहेका छन्। पहिला भाडाको घरबाट सेवा दिइरहेको सहकारी संस्थाले अब आफ्नै पक्की भवन भएपछि संस्थाको काम तथा कारोवार सञ्चालन सहज हुनेसमेत उनले बताए। 

कमेन्ट लोड गर्नुस