सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको कोल्टीमा आकस्मिक प्रसुति सेवा सुरु

२०७७ फाल्गुन ८, ११:५२ खबर संवाददाता

बाजुराः बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्दमा आकस्मिक प्रसुुति सेवा सञ्चालनमा आएको छ। धेरैपटक अथक प्रसासपछि सेवा सञ्चालनमा आएको बुुढीनन्दा नगरपालिका स्वास्थ्य सहसंयोजक ओमजंग शाहीले बताए। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जनशक्ति आएपछि सेवा सञ्चालनमा ल्याइएको बुढीनन्दा नगरपालिकाकी उपमेयर श्रृष्टि रेग्मीले बताइन। पहिलो दिन शुक्रबार मुगुकी २९ वर्षीया निर्मला चदाराको सफल शल्यक्रिया गरी प्रसुती गराइएको उनले जानकारी दिइन। 

शुक्रवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाल रोग विशेषज्ञ डा. नम्रता सिन्धान, एनेसथेसिष्ट डा. अर्जुन प्रसाद तिवारी, स्त्री तथा प्रसुतीमा विशेषज्ञ डा. दिसाही रोका र  प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका स्वास्थ्यकर्मीहरुले मुगुकी चदाराको शल्यक्रिया गरेका थिए।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सञ्चालनमा आएपछि बाजुराका ४ वटा स्थानीय तह र हुुम्ला र मुुगुवासीलाई सहज हुने भएको छ। अब कोल्टीमा प्रसुती सेवा निरन्तरता दिन कर्णाली प्रतिष्ठान प्रतिबद्ध रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देशक डा. मंगल रावलले बताएका छन्। 

यसअघि प्रसवपीडा लागेका महिलालाई आकस्मिक अवस्थामा राष्ट्रपति महिला उद्घारकार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिँदै आएका थियो। साथै रेफरका लागि उनीहरुलाई बुढीनन्दा नगरपालिकाले २० हजा गर्दै आएको थियो।
जेठ महिना यता मात्रै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रसुती हुन नसकेका तथा जटिल २० जनालाई रिफर गरिएको तथ्यांक छ। 

प्राथमिक स्वास्थ्य केन्द्रमा माग गरिएको सामग्री नभएका कारण केही समस्या भएपनि अब जनशक्तिकोसमस्या नरहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ।

आवश्यक जनशक्ति नभएर स्थानीयले पटकपटक दुःख भोग्नु परेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुढीनन्दा नगरपालिकासँग सम्झौता गरी जनशक्ति उपलब्ध गराएको हो।
 

कमेन्ट लोड गर्नुस