सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सरकारी सम्पत्तिको वेवास्ता

२०७७ फाल्गुन ८, ११:३२ खबर संवाददाता

टेकराज अवस्थी, डडेल्धुराः डडेल्धुरा सदरमुकामको किर्तिपुर बजारमा रहेको कृषि विकास बैंक डडेल्धुरा लिमिटेडले द्वन्द प्रभावित भएको लामो समय बितिसक्दा पनि वर्षौंदेखि घरभाडामा बैंक सञ्चालन गर्दै आएको छ। 

आफ्नै स्वामित्वको जग्गा जमिन हुँदाहुँदै पनि बैंकले सम्पतिको वेवास्ता गर्दै निजी घरमा डेढ दशकदेखि भाडामा बैंकिङ कार्यालय सञ्चालन गरेको छ।  

बैंकका केही कर्मचारीको मात्र निवासको रुपमा रहेको ७ रोपनी जग्गाको संरक्षण हुन नसक्दा आवासिय भवन दयनिय बन्दै गइरहेको छ। बैंकले केही वर्ष अगाडि लाखौं खर्चमा गरेको तारबार र प्रवेशद्वार पनि बिग्रिँदै गइरहेको छ। 

२०६१ सालमा तत्कालिन बिद्रोही पक्ष माओवादीबाट भवन लगायतका कार्यालय र कागजातहरु समेत आगजनी गरि ध्वस्त बनाइसकेपछि भाडामा कार्यालय सञ्चालन गरिँदा साविक जमिन गौचरनमा परिणत भएको छ। यसो हुँदा भएका भौतिक पूर्वाधार संरचना जिर्ण हुँदै गइरहेको स्थानीय धर्मसिंह महरले बताए। 

सशस्त्र द्वन्द समाधान भएको डेढ दशक बितिसक्यो। तर द्वन्दकालमा क्षति भएका अधिकांश संरचनाहरु पुर्ननिर्माण भइसकेको भएपनि उक्त कार्यालयको १६ वर्षसम्म पनि पुर्नस्थापना नहुँदा ४ दशकदेखि दर्ता रहेको सरकारी सम्पत्ति खेर गइरहेको छ। 

कमेन्ट लोड गर्नुस