सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वक्तृत्व कला प्रतियोगिता, एरिस्टोकी अमिशा गिरी प्रथम

२०७७ फाल्गुन ७, ०९:१२

धनगढीः प्रजातन्त्र दिवशको अवसरमा धनगढीमा वक्तृत्व कला प्रगियोगिताको आयोजना गरिएको छ। प्रतियोगितामा एरिस्टोकी छात्रा अमिशा गिरी प्रथम भएकी छिन्।

नमस्ते युवा क्लवले आयोजना गरेको प्रतियोगितामा प्रथम हुँदै उनले ५ हजारसहित प्रमाण पत्र पाइन्। नव दुर्गा माविका छात्रा रिमा घिमिरे दोस्रो र जनता राष्ट्रिय माविकी छात्रा दीपा पनेरु तृतिय भएकी छिन्। घिमिरेले ३ र पनेरुले २ हजार नगदसहित प्रमाण पत्र पाएकी छिन्। उनीहरु सहिष्णुता र मेलमिलाप आजको अवस्यक्ता शिर्षकको वक्तृत्व कला प्रगियोगितामा सहभागि भएका हुन्। 

विद्यालय स्तरीय प्रतियोगितामा धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रका १२ विद्यालयका २४ जना विद्यार्थी सहभागि भएका संयोजक प्रमोद चन्दले बताए। उनका अनुसार  एक्सिसले वक्तृत्व कलाको प्रायोजन गरेको हो। प्रतियोगितामा कल्वका अध्यक्ष प्रदीप जोशी, शिक्षा इकाई कैलालीका प्रमुख बैकुण्ठ सुवेदी, नास्ट एकेडेमीका प्रमुख शिवहरि मुडभरि, एक्सि विद्या आश्रमका शिक्षक अनील मिश्र लगाएतको सहभागिता रहेको थियो। 

कमेन्ट लोड गर्नुस