सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियाबाट प्राप्त १ लाख रकम स्व‍र्गीय पत्रकार जोशीकाे परिवारलाई हस्तान्तरण

२०७७ फाल्गुन ७, ०५:३२ खबर संवाददाता

बाजुरा: जेपी जोशी स्मृति पत्रकारिता पुरस्कारको रकम सहयोग गरेका पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंह माफर्त पुनः १ लाख सहयोग गरिएको छ।

कैलालीको गोदावरी नगरपालिका -३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई सहयोग गरिएको हो । पत्रकार सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारिता पुरस्कार वापत प्राप्त रकम उनकाे परिवारलाइ दिएको र परिवारकाे बिचल्ली रहेको समाचार सञ्चार माध्यममा प्रकाशित भएपछि उनलाई सहयोग जुटेको हो।

जाेशीकाे परिवार बिचल्लीमा परेको समाचार प्रकाशित भएपछि अष्ट्रेलिया बस्दै आएका बिक्रम सुुवेदीले १ लाख सहयोग गरेका हुन्। नवलपरासिको गैडाकोट नगरपालिका १० घर भएका सुुवेदीले जेपी जोशीको परिवार बिचल्लीमा र छोरीको विद्यालयकाे शुुल्क तिर्न नसकेको समाचार प्रकाशितपछि सहयोग गरेको बताएका छन्।

डेढ वर्षदेखी छोरीको शैक्षिक शुल्क तिर्न नसकेर समस्या परेको जानकारी पछि सहयोग गरेको सुुवेदीले बताए।

सुुवेदी १३ वर्षदेखी अष्ट्रेलिया बस्दै आएका छन्। उनी अष्ट्रेलियाको अध्यागमनमा कानुन विज्ञका रुपमा कार्यरत रहेका छन् । सुुवेदीले तिर्न नसकेको शुल्क तिर्न सहयोग गरेको र जोशीका दुबै छोरीलाई कक्षा १२ सम्म पढ्नका लागि समेत आगामि दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सहयोग रकम दि हिमालयन टाइम्सका सम्बाददाता प्रकाश सिंहलाइ पठाएका थिए । 

साे रकम सुदूरपश्चिम पत्रकार महासंघ प्रदेश अध्यक्ष अर्जुुन शाह र पत्रकार महासंघ पुुर्व केन्द्रीय सदस्य कर्ण शाह मार्फत घरमै पुगेर हस्तान्तरण गरेका छन् । सम्वादाता सिंहले जेपी जोशी स्मृति पत्रकारिता पुुरस्कारबाट पाएको १२ हजार जोशीको परिवार यो भन्दा पहिला नै सहयोग गरेका थिए।  

सहयोग प्राप्तपछि जोशीकी श्रीमती बसन्ती जोशीले सहयोग रकम छोरीको विद्यालयको शुल्क तिर्ने बताएकी छिन् । उनले सहयोगीलाई धन्यवाद दिएकि छन् । २०६५ सालमा हत्या भएका पत्रकार जेपी जोशीकाे परिवार बिचल्लीमा परेकाे छ।

कैलालीको गोदावरी नगरपालिका-३ मालाखेति बस्दै आएका जेपी जोशीका श्रीमती र २ छाेरीहरु गरि परिवारका ३ जना सदस्य आर्थिक समस्यामा परेको समाचार प्रकाशित भएको थियो । 

 

कमेन्ट लोड गर्नुस