सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको बान्नीगढीमा अस्पतालका लागि बाटो निर्माण गरिँदै

२०७७ फाल्गुन ७, ०२:५८ खबर संवाददाता

धनगढी: अछामको बान्नीगढी जयगढ गाउँपालिकामा अस्पतालका लागि बाटो निर्माण गरिँदै छ । 

गाउँपालिकाको वडा नम्बर ५ कालिकास्थित भालुमारेमा निर्माण हुने १५ शैयाको अस्पतालका लागि मुल बाटोदेखी निर्माण स्थलसम्मको सडक निर्माण गरिन लागिएको बताइएको छ । 

अस्पतालसम्म जानका लागि स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएको जनाइएको छ ।

सो गाउँपालिकाको गाउँसभा र गाउँ कार्यपालिकाको बैठकले १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय यस अघिनै पारित गरिसकेको थियो ।

कमेन्ट लोड गर्नुस