सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका किसानलाई फलफूल बगैँचा पुनर्स्थापना सम्बन्धी अभिमुखीकरण

२०७७ फाल्गुन ७, ०८:०४ खबर संवाददाता

धनगढी: डडेल्धुराका किसानलाई फलफूल बगैँचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण गराइएको छ ।

बिहीबार जिल्लाको भागेश्वर गाउँपालिकाका किसानहरुलाई सुन्तला जातका फलफूल बगैँचा पुनर्स्थापना तथा ह्रास रोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण गराइएको हो ।

बाली संरक्षण प्रयोगशालाले वार्षिक कार्यक्रम अन्तर्गत गरेको सो अभिमुखीकरणलाई बाली संरक्षण प्रयोगशाला कञ्चनपुर, सुन्दरपुरको आयोजनामा सञ्चालन गरिएको बताइएको छ ।

किसानहरुलाई सुन्तला जातका फलफूलमा लाग्ने रोग र नियन्त्रणका उपायबारे अभिमुखीकरणमा सुझाइएको जनाइएको छ ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले किसानहरुलाई व्यावसायिक रुपमा सुन्तला खेती गर्नुका साथै त्यसलाई दिगोपना कसरी दिन सकिन्छ भन्ने उद्देश्यले सो अभिमुखीकरण गराइएको बताएका छन् ।

अभिमुखीकरण हिजो र आज गरी दुई दिन गरिने जनाइएको छ । 

कमेन्ट लोड गर्नुस