सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ९६ जनामा कोरोना संक्रमण

२०७७ फाल्गुन ६, ०३:५५ खबर संवाददाता

काठमाडौंः गत २४ घन्टामा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ५ सय ४१ पिसिआर परीक्षण गर्दा ४२ जना महिला र ५४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ। यस्तै गत २४ घन्टामा थप १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ। यो दर कुल संक्रमितको ९८ दशमलव ७ प्रतिशत हो।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या १६ सय ३ रहेको छ। जसमध्ये १ हजार ५२ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन्।

कमेन्ट लोड गर्नुस