प्रजातन्त्र दिवसको अवसरमा डोटीमा सरसफाई
डोटीः राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा डोटीमा सरसफाइ कार्यक्रम गरिएको छ।
जिल्ला समन्वय समिति डोटीको गेटदेखि शैलेश्वरी मन्दिरसम्म सरसफाइ गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराईले बताए।
नेपाल सरकारले फागुन ६, ७ र ८ गते देशव्यापी विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने कार्यक्रम अन्तरगत डोटीमा पहिलो दिन सरसफाइ कार्यक्रम गरिएको हो।
सरसफाइमा जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीहरू र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो।
प्रजातन्त्र दिवसको अवसरमा आज जिल्लाभरका सरकारी तथा गैर सरकारी कार्यालय परिसर सरसफाइ गर्ने परिपत्र गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।