सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सामान ओसार्ने क्रममा पुलबाट लडेर ४ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ५, ०४:२५ खबर संवाददाता

बझाङ: बझाङको पानकोटमा निर्माणाधिन मोटरेबल पुलको सामान ओर्सादा पुलबाट चिप्लिएर ४ जना घाइते भएका छन्।

घाइते हुनेमा बाराको सिमरा जितपुर नगरपालिका–११ का २०  वर्षीय उदय चौधरी, सोही ठाउँका २४ वर्षीय देवानन्द चौधरी, जितपुर नगरपालिका–१३ का २४ वर्षीय बसन्त चौधरी र पर्सा कचुवा कचौली गाउँपालिका–९ का २१ वर्षीय दैनिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। 

देवानन्द र बसन्तको घुँडाको हड्डी भाँचिएकाले थप उपचारको लागि धनगढी रेफर गरिएको र अन्य दुईजनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. सन्दीप ओखेडाले बताए। 

मंगलबार बझाङको सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका तथा सेती पारिका अन्य गाउँपालिकालाई जोड्न निर्माण भइरहेको पानकोटको मोटरेबल पुलको लागि प्रयोग हुने चेन तथा अन्य कच्चा पदार्थ ओसार्ने क्रममा उनीहरु चिप्लिएर घाइते भएको निर्माण कम्पनीले जनाएको छ। 

पुल निर्माणको काम अन्तिम चरणमा पुगेकोे छ।

कमेन्ट लोड गर्नुस