थप १०५ जनामा कोरोना पुष्टि, मृत्यु शून्य
धनगढी: नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुने मध्ये ४० महिला र ६५ जना पुरुष छन्।
३ हजार ३ सय ६० जनाको नमुना पिसिआर परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९९ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा २ लाख ६९ हजार ३०३ जनाले कोरोना जितेका छन् । १ हजार ५८१ जना सक्रिय संक्रमित छन्।
अहिले १५ सय ८७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। नेपालमा हाल ७४ जना क्वारेन्टाइनमा छन्। अहिलेसम्म नेपालमा २ हजार ५५ जनाको मृत्यु भएको छ। मंगलबार मृतकको संख्या शून्य छ।