सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेस डडेल्धुराको प्रशिक्षण शाखा गठन

२०७७ फाल्गुन ४, ०४:४९ खबर संवाददाता

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले प्रशिक्षण शाखा गठन गरेको छ।

कांग्रेसका जिल्ला उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख करुणाकर भट्टले मंगलबार १२ सदस्यीय शाखा विस्तार गरेका हुन। 

जसको उपप्रमुखमा अधिवक्ता रोहित देउवालाई मनोनित गरिएको छ भने सचिवमा राम धामीलाई मनोनित गरिएको छ। 

यस्तै सदस्यहरुमा कमला विष्ट, गोकुल बहादुर शाही, सुरेन्द्र सिह माली, भरत नेपाली, पदमा गुरुङ, प्रेमराज बोहरा, अधिवक्ता चेतराज भट्ट, अधिवक्ता पुष्पराज जोशी, चक्रबहादुर साउद र चक्र बहादुर देउवा रहेका छन्। 

नेपाली कांग्रेसको विधान २०१७(संसोधन २०७६) तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३३(३) मा गरिएको व्यवस्थाअनुसार उक्त शाखा विस्तार गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए। 

 

कमेन्ट लोड गर्नुस