सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडीमालिका ७ मा २ हजार बोट जंगली मेलका रूखमा नास्पाती कलमी गरिने

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ४, १२:३७ खबर संवाददाता

बाजुरा: बाजुराको बडीमालिका नगरपालिका–७ मा नास्पाती उत्पादन गरेर जुस तथा वाइन उद्योग बनाउने लक्ष्यसहित कामको थालनी भएको छ।

वडा नम्बर ७ र कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा सो कार्यको थालनी गरिएको वडाअध्यक्ष धर्मराज पाध्यायले बताए।

वडाका सबै बस्तीमा कृषि ज्ञान केन्द्र र कृषि शाखाको प्राविधिक सहयोगमा जंगली मेलमा नास्पाती कलमीको अभियान सञ्चालन गर्ने अभियान सुरु गरेको वडाअध्यक्ष पाध्यायले बताए। संरक्षित मेलका रुखमा नासपाती कलमी गरी २ हजार बोट नास्पाती उत्पादन गरेर जुस तथा वाइन उद्योग बनाउने लक्ष राखेको उनले बताए।

मेलमा कलमीका लागि कृषकहरुको सहयोगको अपेक्षा राखेको वडाअध्यक्ष पाध्यायले बताए। 
 

कमेन्ट लोड गर्नुस