सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको गन्यापधुराद्वारा हरेक घरमा एक उद्यमी बनाउने अभियान

२०७७ फाल्गुन ४, १२:१६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रममार्फत हरेक घरमा एकजनालाई उद्यमी बनाउने अभियान थालेको छ। 

गरिवी निवारणका लागि एक घर एक उद्यमीको लक्ष्यसहित गन्यपाधुरा गाउँपालिका–४ कैलापल माण्डौँमा ८ दिने तालिम सञ्चालन गरिरहेको छ। 

‘व्यवसाय सचेतना तथा लैङ्गिक समानता’ सम्बन्धी ८ दिने तालिम गत ३० माघबाट सुरू भएको गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए। तालिममा गाउँपालिकाका वडा नम्बर ४ का ५० जना बेरोजगार युवाहरूको सहभागिता रहेको उनले बताए। 

संघीयतापछि निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल अब डेढ वर्ष मात्रै बाँकी रहेकालेसबै योजना उद्यम, व्यवसाय तर्फ केन्द्रित हुने अध्यक्ष मल्लको भनाइ छ। 

देशमा रोजगारीको व्यवस्था नभएको भन्दै यहाँका अधिकांश युवाहरू रोजगारीका लागि भारत लगायतका तेस्रो मूलुक जाने गरेका छन्।

यहाँका युवाहरूलाई आफ्नै गाउँ ठाउँमा स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस