सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको अर्ग्यानिक कोदो अब धनगढीमा

२०७७ फाल्गुन ३, ०७:५० खबर संवाददाता

धनगढी : अछामको चौरपाटी गाउँपालिकामा उत्पादित अर्ग्यानिक कोदो अब धनगढीमा समेत पाइने भएको छ। 

स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने उद्धेश्यसहित गाउँपालिकाको सहयोगमा चौरपाटीमा उत्पादित कोदोलाई विक्री वितरणका लागि धनगढीमा ल्याइएको हो। 

उक्त कोदो धनगढी, अत्तरियालगायतका स्थानमा पनि विक्री गरिने गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले बताए। 

चौरपाटीमा उत्पादन भएको कोदो प्रबद्र्धन गर्न गाउँपालिकाले ‘फलेको कोदो, कुटेको धान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। 
 

कमेन्ट लोड गर्नुस