सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी हत्याका विषयमा बुझ्न बैतडी पुगेका लेखकद्वारा कांग्रेस नेताहरुसँग छलफल

२०७७ फाल्गुन १, ०६:३३ खबर संवाददाता

बैतडी: भागरथी भट्टको हत्या प्रकरणका विषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले जिल्लास्थित पार्टीका नेताहरुसँग छलफल गरेका छन्। 

भागरथीको हत्या भएको स्थान दोगडाकेदार जानुअघि शनिबार नेता लेखकले कांग्रेसका नेताहरुसँग छलफल गरेका हुन। 

आइतबार नेता लेखक दोगडाकेदार जाने कार्यक्रम रहेको उनका स्वकीयसचिव जनक भट्टले जानकारी दिए।

नेपाली कांग्रेसले भागरथी हत्याका विषयमा सत्य तथ्य बुझेर पार्टीलाई जानकारी गराउन लेखकलाई खटाएको छ।

पार्टीको केन्द्रिय निर्णय अनुसार नेता लेखक शुक्रबार साँझ बैतडी पुगेका हुन। अध्ययनका क्रममा देखिएका बिषयवस्तु समेटेर नेता लेखकले पार्टीको केन्द्रिय समितिलाई प्रतिवेदन बुझाउनेछन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको १० दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन्।

कमेन्ट लोड गर्नुस