सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीलाई न्याय माग्दै घण्टी बजाएर जिल्ला प्रशासन बैतडी अगाडि धर्ना

२०७७ फाल्गुन १, ०४:०९ खबर संवाददाता

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाकी–७ की १७ वर्षीया भागरथी भट्टलाई न्याय मागदै घन्टी बजाएर धर्ना दिइएको छ।

भागरथी भट्टको न्यायका लागि गठित संघर्ष समितिले घन्टी बजाएर शनिबार बिहान जिल्ला प्रशासन कार्यालय बैतडी अगाडि धर्ना दिएको हो।

भागरथीको हत्या भएको १० दिन बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै सरकारलाई सुनाउन घन्टी बजाएर धर्ना दिइएको संघर्ष समितिका सदस्य महेश भट्टले बताए। सरकारका निकायहरुलाई गम्भीर भएर भागरथी हत्या प्रकरणको अनुसन्धानमा लाग्न दबाब पुगोस भनेर आफूहरुले धर्ना दिएको उनले बताए। 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा वेपत्ता भएकी भागरथी बिहीबार हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेकी थिइन्। 

कक्षा १२ मा अध्ययनरत भागरथीको हत्यापछि न्यायका लागि बैतडीसहित सुदूरपश्चिमका ९ वटै जिल्ला र संघीय राजधानी काठमाडौँ लगायतका ठाउँमा दैनिकजसो प्रर्दशन भइरहेका छन्। 

घटनाको अनुसन्धानका लागि एसएसपी र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली १० दिनदेखि खोचलेकमा छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी पनि ७ दिनदेखि खोचलेकमै छन्।

कमेन्ट लोड गर्नुस