कैलालीमा अश्लील भिडियोे देखाएर १३ वर्षीया बालिकामाथि बलात्कार, पेटमा ३ महिनाको बच्चा
धनगढीः छोरीको पेट् बढ्दै गयो। मोटाएकी हुन् वा अन्य केही कारण !
आमाको मनमा शंका उत्पन्न हुन स्वभाविक थियो। महिनावारी हुन थालेको धेरै समय भएको थिएन्। वर्षले १३ मात्र भएपनि उनको ज्यान ठूलो छ।
सोही कारण उनी महिनावारी छिट्टै भएकी आमा बताउँछिन्। तर छोरीको महिनावारी २ महिनादेखि रोकियो।
आमाको शंका झन बढ्दै गयो। उनले छोरीलाई धनगढी ल्याइन्। एक अस्पतालमा छोरीको गर्भ परीक्षण गर्न लगाइयो। रिपोर्ट पोजेटिभ आयो।
तर आमालाई विश्वास लागेन। उनले छोरीको पुनः परीक्षणका लागि अस्पतालसँग आग्रह गरिन्। उक्त रिपोर्ट पनि पोजेटिभ आयो।
उनी आकाशबाट खसे जस्तै भइन्। ‘मलाई विश्वास नलागेर पुनः परीक्षण गर्न लगाए। तर रिपोर्ट पोजेटिभ नै रहेछ’ उनले सुनाइन्।
माघ दोस्रो साता गरिएको परीक्षणमा बालिकाको पेटमा बच्चा रहेको पुस्टि भएको थियो। अविवाहित छोरीको पेटमा बच्चा रहेको पुस्टि भएपछि आमा र बुवाका मनमा अनेक खालका शंकाहरु पैदा भए। त्यसपछि उनीहरुले छोरीसँग सोधपुछ गर्न थाले।
सुस्त मनस्थितिकी १३ वर्षीया छोरीले एक छिमेकीको नाम बताइन्। उनले बताएको नाम सुनेपछि आमाबुवा छक्क परे। १३ वर्षीया छोरीलाई ५० वर्षका विशराम भनिने कालुराम चौधरीले झण्डै २ महिना पहिले करणी गरेका रहेछन्।
तर छोरीले आमाबुवासँग सो घटनाबारे भनेकी थिइनन्। बुवा समानका चौधरीले अश्लील भिडियो देखाएर गरेको उक्त कर्तुतबारे भनुन पनि कसरी।
घटनाबारे सुनाउँदै बालिका भन्छिन, ‘मलाई अश्लीलवाला फिल्म देखायो। उनकी बुढी पनि थिइन्। तर आफ्नो बुढीलाई बारीमा पठाएर ढोका बन्द गर्यो। त्यसपछि आफ्नो कपडा खोल्यो मेरो पनि खोलिदियो र बलात्कार गर्यो।’
घटनाबारे परिवारलाई किन नभनेको भन्ने प्रश्नमा उनी भन्छिन्, ‘उनले करणीबारे परिवारलाई भनेपछि कुटपिट गर्ने धम्की दिएका थिए।’
प्रहरीमाथि पीडित परिवारको संशय
बालिका करणी गरेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरिसकेको छ।
तर गत माघ ९ गते नै पक्राउ भएका उनलाई अदालतमा पेश गरिएको छैन्। त्यसो नगरिनुमा प्रहरीले गडबड गरिरहेको छ की भन्ने संशय पीडित परिवारमा पैदा भएको छ।
परिवारका एक सदस्य भन्छन्, ‘छोरीको पेटमा रहेको बच्चा दिन प्रतिदिन ठुलो हुँदैछ। बच्चालाई जन्म दिनसक्ने अवस्थामा छोरी छैनिन्। तर प्रहरी प्रशासनबाट के गर्ने भन्ने कुनै सुझाव आउँदैन्। प्रहरीले त बच्चा फाल्न भनिरहेको छ।’ प्रहरीले घटना मिलाउन खोजेको उनको आरोप छ। ‘हामीलाई प्रहरी कार्यालय भित्र जान पनि दिदैनन्। बलात्कार गर्ने पक्राउ परेको २२ दिन भएको छ तर अदालत पठाइएको छैन्।’ उनले भने।
जिल्ला प्रहरी कार्यालयले पनि गोदावरी नगरपालिका वडा नम्बर ५ का विसराम भनिने कालुराम चौधरीलाई माघ ९ गते पक्राउ गरिएको तर अदालतमा पेश भने नगरिएको बताएको छ।
आइतबार वा सोमबारसम्म मुद्दा अदालतमा पेश हुने प्रहरीले जनाएको छ। आफ्न्तले गरेको शंका जस्तै प्रहरीको गलत मनशाय नरहेको प्रहरीको भनाइ छ।