सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुन २ देखि सबै जिल्लाहरुमा कोरोनाविरुद्धकाे खोप लगाइने, क–कसले पाउँछन् खोप ?

२०७७ माघ २९, ०३:०६ खबर संवाददाता

काठमाडौं : सरकारले दास्रो चरणको खाप सबै जिल्लाहरुमा कोरोनाविरुद्धको खोप दिने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको हो।

यस्तै सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स चालक तथा शववाहन चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि खोप दिइनेछ।

सबैले आ–आफ्नो परिचयपत्र बोकेर तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गइ खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस