सुदूर नेपाललाई विश्वसँग जोड्दै

अबदेखि पीसीआर परीक्षण शुल्क एक हजार

२०७७ माघ २९, ०२:५५ खबर संवाददाता

काठमाडौं:  सरकारले कोरोना भाइरस (कोभिड-१९)को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको छ।

बुधबार स्वास्थ्य मन्त्रीको उपस्थितिमा भएको बैठकमा उक्त निर्णय भएको हो।

सरकारी प्रयोगशालामा कोरोना परीक्षण गरिएको एक हजार लिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। निजीमा प्रयोगशालामा परीक्षणको विषयमा निर्णय भएको छैन।

यसअघि सरकराले सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क २ हजार रुपैंया तोकेको थियो। 

कमेन्ट लोड गर्नुस