सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगा नदीमा बेलिब्रिज निर्माण सम्पन्न

२०७७ माघ २९, ०२:४० प्रकाश सिंह

बाजुरा: बडिमालिका नगरपालिका साँफे–मार्तडी सडकखण्ड अन्तर्गत जडाङ्गमा नदीमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सम्पन्न भएसँगै बिहीबारबाट यातायात सञ्चालन गरिने भएको छ। 

बेलिब्रिज बगाएपछि साउन २५ गतेदेखि सदरमुुकाम मार्तडीसम्म बस सञ्चालनमा अवरोध भएको थियो। नदीमा बेलिब्रिज सञ्चालनमा आएपछि सदरमुुकाम मार्तडीमा बस र ट्रक सञ्चालन हुने भएका छन्।

सडक डिभिजन कार्यालय साँफेबगरले बेलिब्रिज ढुवानीदेखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो। ठेक्का एमरएस एमके बिल्डरर्स एण्ड कन्सट्रक्सन कम्पनी धनगढी कैलालीले पाएको थियो। 

माघको मसान्तसम्म काम सम्पन्न गरिसक्ने योजना अनुसार निर्माण कार्य भएको सडक डिभिजन साँफेबगरका प्रमुख ललित खनालले बताए।

कैलालीको गोदावरीमा मौज्दात रहेको बेलिब्रिजको सामान ढुवानी गरेर नदीमा बेलिब्रिज निर्माण गरिएको थियो। 

साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढिले बेलिब्रिज बगाएको थियो। नदीमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्क बिच्छेद भएको थियो।
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस