बैतडीमा आगलागी हुँदा १ लाख बराबरको क्षति
२०७७ माघ २९, ०५:३१
धनगढीः बैतडीमा आगलागी हुँदा करिब १ लाख बराबरको क्षति भएको छ।
जिल्लाको पाटन नगरपालिका–६ मा गजेन्द्रसिंह बिष्टको परालको कुनियोमा आगलागी हुँदा सो रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार दिउँसोको समयमा विद्युत सर्ट भएर आगलागी भएको हो।
स्थानीय र प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।
कमेन्ट लोड गर्नुस