सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीका हत्यारालाई कारवाहीको माग डडेल्धुराको कटालमा प्रदर्शन

२०७७ माघ २८, ०७:०१ खबर संवाददाता

धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै डडेल्धुरामा बुधबार पनि प्रदर्शन भएको छ। 

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरुले परशुराम नगरपालिकाको कटाल बजारमा प्रदर्शन गरेका हुन। 

उनीहरुले ‘वि वान्ट जस्टीस, भागरथीलाई न्याय दे, जवाफ चाहियो सरकार किन बढ्यो बलात्कार’ लगायतका नारा लगाएर भागरथीका हत्यारालाई सार्वजनिक गरी तत्काल कारवाहीको माग गरेका छन्। 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। 

उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टपश्चात पुस्टि भइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस