सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीको शव ७ दिनदेखि अस्पतालमै

२०७७ माघ २८, ०५:३९ खबर संवाददाता

धनगढी: बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले अझै बुझ्न मानेका छैनन्।

परिवारले शव बुझ्न नमान्दा भागरथीको शव ७ दिनसम्म अस्पतालमै राखिएको छ। उनका आफन्तले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन्।

घट्नाको ७ दिन बित्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै मृतकका आफन्तजनले शव बुझ्न अस्विकार गरेका हुन्।

भागरथी हत्या प्रकरणको अनुसन्धानमा स्वयंम सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी उत्तमराज सुवेदी ४ दिनदेखि बैतडीमा खटिएका छन्। तर हालसम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन। 

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्ट गत बुधबार विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्। भोलीपल्ट साँझ स्थानीय लबलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा उनी मृत फेला परेकी थिइन्। 

कमेन्ट लोड गर्नुस