सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुधबार सुदूरपश्चिममा ४२ नमूना परीक्षण, १ जनामा मात्र कोरोना पुस्टि

२०७७ माघ २८, ०५:३१ खबर संवाददाता

धनगढी : बुधबार सुदूरपश्चिम प्रदेशमा ४२ जनाको नमूना परीक्षण गर्दा १ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुस्टि भएकोे छ।

सेती अस्पतालको प्रयोगशालामा १५ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै जिल्ला अस्पताल बझाङको प्रयोगशालामा २५ जनाको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ३८ पुगेको छ ।

संक्रमण पुस्टि भएकामध्ये १२ हजार ९ सय ४२ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस