नेपाली कांग्रेस कञ्चनपुरका नेताको निधन
धनगढी: कञ्चनपुरबाट पूर्वसांसद रहेका गङ्गादत्त जोशीको बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ।
केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो।
‘नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजीकै हृदयाघात भयो’ कांग्रेस कञ्चनपुरका सभापति हरी बोहराले भने, ‘हामीले ठुलै नेताका गुमाएका छौ। उहाँ कांग्रेस कञ्चनपुरका संस्थापक पनि हुन।’
जोशीको घर भीमदत्त नगरपालिका–१८ गोबरिया हो। उनको शव अहिले महाकाली अस्पतालमा राखिएको छ।