सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दोगडाकेदारमा एक पुरुष मृत भेटिए

२०७७ माघ २८, १०:५६ खबर संवाददाता

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

गाउँपालिकाको वडा नम्बर ३ मंगरौंका ३८ वषीय खेमराज जोशी मङ्गलबार दिउँसो धर्मघरको पानीको धाराभन्दा केही तल रुखमा झुण्डीको अवस्थामा फेला परेका हुन्।

मृतक जोशीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पलात बैतडी लगिएको स्थानीले बताएका छन्। शवको आज पोस्टमार्टम हुने जिल्ला अस्पताल बैतडीले जनाएको छ। 

मृतक जोशीका घरमा दुई छोरा र एक छोरी रहेका छन्। घरायसी झगडा भएको भन्ने सुन्नमा आएको दोगडाकेदार गाउँपालिका–३ का वडाअध्यक्ष चन्द्रदेव जोेशीले बताए।  

गत बिहीबार सोही गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट मृत अवस्थामा फेला परेकी थिइन। उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुस्टि गरिसकेको छ। 

प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस