लगानी गर्न आग्रह
नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । चेम्बरको भवनमा बुधबार कार्यकाल सकिएर भियतनाम फर्कन लाग्नुभएका राजदूत टोन्ह सिन्ह थान्हलाई चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँगै नेपालमा लगानीको वातावरण बनेको बताए। अध्यक्ष श्रेष्ठले फष्टाउँदो अर्थतन्त्रका रुपमा भियतनामले आर्थिक विकास तीव्ररूपले गरिरहेकाले नेपालको कृषि आधुनिकीकरणमा पनि उल्लेखनीय योगदान पु¥याउन सक्ने आशा व्यक्त गरे।