सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका डाक्टर विश्वकर्मालाई मानव अधिकार पुरस्कार

२०७७ माघ २७, ०४:४५ खबर संवाददाता

धनगढी: डा. रूपचन्द्र विश्वकर्मालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार प्रदान गरेको छ। 

मङ्गलबार मानव अधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. विश्वकर्मालाई २६ औँ मानव अधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो।

बाजुराको बूढीनन्दा नगरपालिका–५ का डा. विश्वकर्मा बाजुरा जिल्लाका नागरिकको स्वास्थ्य सेवामा सर्मपित व्यक्तित्वको रूपमा परिचित छन्।

दुर्गम जिल्लाको स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उनलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए। 

कमेन्ट लोड गर्नुस