सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया खानेपानी संस्थाको कार्यालयमा तालाबन्दी

फोटो : गोदावरी न्यूज
फोटो : गोदावरी न्यूज
२०७७ माघ २७, ०३:१९ खबर संवाददाता

धनगढी: धारामा पानी नआएको भन्दै अत्तरिया खानेपानी संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ। 

गोदावरी नगरपालिका वडा नम्बर २ महरा कटानका स्थानीयले धारामा मंगलबार बिहान खानेपानी कार्यालयमा तालाबन्दी गरेका हुन्।

धारामा खानेपानी नआएको एक हप्ता भन्दा बढी भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै खानेपानी कार्यालयमा ताला लगाउन बाध्य भएको स्थानीयले बताएका छन्।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष टिका दत्त जोशीले भने सोमबार मोटर जलेका कारण धेरै ठाउँमा पानी बन्द भएको बताएका छन्।  उनले खानेपानी सुचारु गर्ने कार्य भइरहेको समेत बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस