बझाङका एक किशोर ५ दिनदेखि बेपत्ता
बझाङ: बझाङको बझाङका एक किशोर ५ दिनदेखि बेपत्ता बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा छबिसपाथिभेरा गाउँपालिका–६ ल्वाडाका धनबहादुर चलाउनेका छोरा सुवास चलाउने रहेका छन्। उनी माघ २१ गते घरबाट निस्केको र त्यसदिनदेखि परिवारको सम्पर्कमा नआएको प्रहरी चौकी बिसौनाले जनाएको छ।
छोरा घरमा नआउदा घर परिवारमा चिन्ता छाएको उनका बुबा धनबहादुर चलाउनेले बताए। ६ दिनसम्म खोज तलास गर्दा पनि नभेटिएपछि परिवारले प्रहरीमा उजुरी दिएको प्रहरी चौकी बिसौनाले जनाएको छ।
चलाउनेले घरबाट निस्किँदा सेतो सर्ट, हरियो पाइन्ट र स्पार्क जुत्ता लगाएको हुँदा कहीँ कतै देखेमा नजिकको प्रहरी चौकी वा बुबा धनबहादुर चलाउनेको मोबाइल नम्बर ९८४३४६५०८० मा फोन गर्न अनुरोध गरिएको छ।